नियम
गाउ“विकास समिाति वा नगरपालिकाको क्षेत्र वा वडाको सिमाना छुट “ विकास समिाति वा नगरपालिकाको क्षेत्र वा वडाको सिमाना छुट्याउने

(१) ऐनको दफा ५ बमोजिम गाउ“ विकास समिति वा नगरपालिकाको क्षेत्र वा वडाको सा“ध सिमाना छुट्याउ“दा नापी टोलीले त्यसरी सिमाना छुट्याउन तोकिएको दिनमा सम्बन्धित गाउ“ विकास समिति वा नगरपालिकाको प्रतिनिधि उपस्थित हुनु पर्ने व्यहोराको सूचना नापी टोली मुकाममा टा“स गरी सो सूचनाको एक प्रति जानकारीको लागि सम्बन्धित गाउ“ विकास समिति वा नगरपालिकामा पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दिइएको सूचना बमोजिम उपस्थित हुन आएका गाउ“ विकास समिति वा नगरपालिकाका प्रतिनिधिले देखाएको सा“ध सिमानाको आधारमा नापी टोलीले गाउ“ विकास समिति वा नगरपालिकाको क्षेत्र वा वडाको सिमाना छुट्याउनेछ ।
(३) उपनियम (२) बमोजिम सिमाना छुट्याउ“दा दुई वा दुईभन्दा वढी नगरपालिका, गाउ“ विकास समिति वा वडाको वीच विवाद उठेमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको र दुई वा दुईभन्दा वढी अञ्चल र जिल्लाको बीच विवाद उठेमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सि˚ारिशमा स्थानीय विकास मन्त्रालयको निर्णय बमोजिम सिमाना छुट्याउनु पर्नेछ ।